You are viewing the translated version of बिदाको स्वीकृति.
Section 30
बिदाको स्वीकृति
(१) वित्तीय जानकारी इकाईको प्रमुखले एक पटकमा तीन दिनसम्मको भैपरि आउने बिदा समन्वय समितिको संयोजकलाई जानकारी गराई आफैँले स्वीकृत गर्न सक्नेछ र सो बिदा बाहेकका अन्य बिदाको स्वीकृति निजको सेवाको सर्त सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
(२) वित्तीय जानकारी इकाईमा कार्यरत कर्मचारीको निजको सेवाको सर्त सम्बन्धी प्रचलित कानून बमोजिम पाउने भैपरि आउने;वा पर्व बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र एक पटकमा सात दिनसम्मको घर बिदाको स्वीकृति वित्तीय जानकारी इकाईको प्रमुखले गर्नेछ।
(३) वित्तीय जानकारी इकाईमा कार्यरत कर्मचारीको उपनियम (२) बमोजिमको बिदा बाहेकको अन्य बिदा वित्तीय जानकारी इकाईको प्रमुखको सिफारिसमा सम्बन्धित कर्मचारीको सेवाको सर्त सम्बन्धी प्रचलित कानून बमोजिम स्वीकृत हुनेछ।
(४) वित्तीय जानकारी इकाईको प्रमुखले यस नियम बमोजिम वित्तीय जानकारी इकाईमा कार्यरत: कर्मचारीको बिदाको जानकारी सम्बन्धित निकायमा अभिलेखको लागि पठाउनु पर्नेछ।